भारत र चीनसहित १३ देशमा राजदूत सिफारिस

भारत र चीनसहित १३ देशमा राजदूत सिफारिस


काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि राजदूत सिफारिस गरेको छ ।

प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ मुलुकमा राजदूत नियुक्तिका लागि नाम सिफारिस गरेको हो ।

परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न क्षेत्रका व्यक्तिहरूलाई सम्बन्धित मुलुकका लागि राजदूत नियुक्त गर्न सिफारिस गरिएको जानकारी दिए ।

मन्त्रिपरिषद्ले गरेको सिफारिस अब संसदीय सुनुवाइका लागि पठाइनेछ । संसदीय सुनुवाइबाट अनुमोदन भएपछि प्रस्तावित राजदूतहरूको नाम सम्बन्धित मुलुकबाट अग्रिमो (सहमति) लिन पठाइनेछ ।

सम्बन्धित मुलुकबाट अग्रिमो प्राप्त भएपछि राष्ट्रपतिले उनीहरूलाई औपचारिक रूपमा राजदूत नियुक्त गर्ने संवैधानिक प्रक्रिया छ ।

प्रस्तावित राजदूतहरु –

१.⁠ ⁠डा. निश्चलनाथ पाण्डे — भारतका लागि प्रस्तावित राजदूत
२.⁠ ⁠डा. कल्याणराज शर्मा — चीनका लागि प्रस्तावित राजदूत
३.⁠ ⁠चिरनजंग थापा -संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदूत
४.⁠ ⁠पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा (अवकाशप्राप्त) — संयुक्त अधिराज्य (यूके) का लागि प्रस्तावित राजदूत
५.⁠ ⁠जिग्यान कुमार थापा – जापानका लागि प्रस्तावित राजदूत
६.⁠ ⁠सुरेशकुमार कर्ण – इजरायलका लागि प्रस्तावित राजदूत
७.⁠ ⁠प्राप्ति शेरचन – स्पेनका लागि प्रस्तावित राजदूत
८.⁠ ⁠शारू जोशी — जर्मनीका लागि प्रस्तावित राजदूत
९.⁠ ⁠डा. पद्माक्षी राणा — ओमानका लागि प्रस्तावित राजदूत
१०.⁠ ⁠चूडामणि खरेल — मलेसियाका लागि प्रस्तावित राजदूत
११.⁠ ⁠प्रा. डा. सङ्गम श्रेष्ठ — दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत
१२.⁠ ⁠डा. मंचल झा — श्रीलंकाका लागि प्रस्तावित राजदूत
१३.⁠ ⁠गिरीबहादुर सुनार — साउदी अरेबियाका लागि प्रस्तावित राजदूत