मधेसमा एकता र समृद्धिको सन्देश दिन छठपछि मेची–महाकाली पदयात्रा गर्ने डा.अमरेशकुमार सिंहकाे घोषणा

मधेसमा एकता र समृद्धिको सन्देश दिन छठपछि मेची–महाकाली पदयात्रा गर्ने डा.अमरेशकुमार सिंहकाे घोषणा


काठमाडौं । स्वतन्त्र प्रतिनिधि सभा सांसद डा. अमरेशकुमार सिंहले मधेसलाई कुनै पनि नाममा विभाजित नगरी सामाजिक एकता र आर्थिक समृद्धिमा लाग्नुपर्ने बताएका छन् ।

आइतबार जनकपुरमा पत्रकारहरूसँग कुरा गर्दै सांसद सिंहले छठ पर्वपछि झापाको भद्रपुरबाट मेची–महाकाली पदयात्रा सुरु गर्ने घोषणा गरका हुन् ।

गाडी वा रथ प्रयोग नगरी पैदल नै गाउँ–टोल पुगेर जनताका समस्या सुन्ने र वैदेशिक रोजगारी, किसान, सीमावर्ती समस्या तथा मधेसको अर्थतन्त्रबारे प्रत्यक्ष संवाद गर्ने उनको योजना छ।

विकास भनेको केवल कंक्रिट निर्माण मात्र नभएको उल्लेख गर्दै उहाँले मधेसमा शिक्षा, स्वास्थ्य, सडक र सिँचाइलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।