दसैँ-तिहारपछि आन्दोलन गर्ने विपक्षी दलको तयारी, आन्तरिक विवादले योजना अन्योलमा

दसैँ-तिहारपछि आन्दोलन गर्ने विपक्षी दलको तयारी, आन्तरिक विवादले योजना अन्योलमा


काठमाडौं । दसैँ-तिहारपछि सरकारविरुद्ध संयुक्त आन्दोलन गर्ने तयारीमा रहेका प्रमुख प्रतिपक्ष दलहरू आन्तरिक विवादमा अल्झिएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० नेतृत्वको सरकारविरुद्ध मोर्चाबन्दी गरेर सडक आन्दोलनमा जाने पूर्वप्रधानमन्त्री एवं नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका शीर्ष नेताहरूले दाबी गरेका छन्। एमाले सचिव महेश बस्नेतले पनि प्रचण्डको उक्त आह्वानलाई समर्थन गरेका छन् ।

तर, संयुक्त आन्दोलनको तयारी गरिरहेका प्रमुख दलहरूभित्रै गम्भीर आन्तरिक खिचातानी चुलिएको छ। नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनको मितिलाई लिएर संस्थापन पक्ष र देउवा समूहबिच तीव्र विवाद देखिएको छ भने कांग्रेस महामन्त्री गगन थापाले संविधानको नाममा ध्रुवीकरण गरेर आन्दोलनमा जान नहुने भन्दै ओली(प्रचण्डको भनाइप्रति असहमति जनाएका छन् ।

यस्तै, एमालेभित्र चुनावी पराजयपछि अध्यक्ष ओलीलाई नेतृत्व छाड्न परेको दबाब र कार्यदलका फरक(फरक प्रतिवेदनका कारण विवाद उत्पन्न भएको छ। उता नेकपामा पनि मंसिरका लागि तय गरिएको एकता महाधिवेशनका तल्लो तहका अधिवेशनहरू समयमा हुन नसक्दा अन्योल सिर्जना भएको छ।

गत भदौको जेनजी आन्दोलन र फागुनको निर्वाचनपछि रक्षात्मक स्थितिमा पुगेका पुराना दलहरूले सरकारविरुद्ध आन्दोलनलाई मुख्य मुद्दा बनाउन खोजे पनि आन्तरिक किचलोका कारण संयुक्त आन्दोलनको ठोस रूपरेखा भने बन्न सकेको छैन।