काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता देव गुरुङले सहकारी संस्थाहरू वचत तथा ऋण परिचालनमा मात्रै केन्द्रित भएर अनुत्पादक क्षेत्रमा लगानी गर्दा डुब्न पुगेको बताएका छन् ।
मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारी ठगीको जालो’ विमोचन कार्यक्रममा उनले अधिकाँंश सहकारीले घरजग्गामा कारोबार गर्ने गरेको बताएका हुन् ।
उनले नेपालमा सहकारी क्षेत्र आफ्नो मूल अवधारणा भन्दा बाहिर गएको आरोप लगाए । करिव ६५ प्रतिशत सहकारी संस्थाहरुले वचत तथा ऋण कारोबारमा मात्रै केन्द्रित भएको दाबी गरे ।
सहकारी माइक्रोफाइनान्स वा अर्धबैंकिङ मोडलमा केन्द्रित हुँदा उत्पादनमूलक क्षेत्रमा लगानी कमजोर बनेको उनको भनाई छ ।

प्रतिक्रिया