काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ १० गते भोटेकोशीमा आएको बाढीपछिको उद्धार तथा राहत कार्यमा सरकार पूर्ण रूपमा असफल र अकर्मण्य भएको आरोप लगाएका छन् ।
सोमवारबाट शुरु भएको पार्टीको केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बाढीबाट भएको अकल्पनीय क्षतिलाई सम्बोधन गर्न सरकारले प्रभावकारी भुमिका खेल्न नसकेको टिप्पणी गरेका छन् ।
अध्यक्ष ओलीले भोटेकोशी बाढीलाई आफ्नो पुस्ताले देखेकोमध्येको सबैभन्दा भयानक र असाधारण विपद्को संज्ञा दिँदै यस घडीमा आफ्नो पार्टीले जनताको पीडामा मलम लगाउन अन्य दलहरूले भन्दा बढी ठोस काम गरेको जिकिर गरे ।

प्रतिक्रिया