राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधि सभाबाट पारित

राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधि सभाबाट पारित


काठमाडौं । राष्ट्रिय सेवा दल विधेयक, २०८३ लाई प्रतिनिधि सभाबाट पारित भएको छ ।

सभाको सोमवारको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राखेको राष्ट्रिय सेवा दल विधेयक, २०८३ लाई पारित गरियोस् भन्ने प्रश्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।

यसअघि विधेयकको राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनमाथि छलफल भएको थियो ।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले विधेयकले बालबालिकाको अधिकार र हितलाई प्राथमिकतामा राखेको बताइन् ।