टीकापुर हत्याकाण्डः न्याय मर्यो, सत्ता जित्यो

टीकापुर हत्याकाण्डः न्याय मर्यो, सत्ता जित्यो


काठमाडौं । सर्वोच्च अदालतले रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिट खारेज गरिदिएको छ। न्यायाधीश शारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले कडायतले दायर गरेको रिट खारेज गरिदिएको हो।
कडायत २०७२ भदौमा कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा मारिएका इन्स्पेक्टर केशव बोहराकी पत्नी हुन्। टीकापुर घटनामा जन्मकैदको सजाय पाएका चौधरीलाई गणतन्त्र दिवसका अवसरमा २०८० जेठ १५ गते राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि उनी कारागारमुक्त भएका थिए।
कडायतले राष्ट्रपतिको उक्त निर्णय खारेज गरेर चौधरीलाई पूरै कैद भुक्तान गराउन माग गर्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन्। राष्ट्रपति कार्यालय,मन्त्रिपरिषद ,गृहमन्त्रालय र रेशम चौधरीलाई रिटमा विपक्षी बनाएकी थिइन्।