काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा सत्तारुढ दलभन्दा प्रमुख प्रतिपक्षका रूपमा नेपाली काँग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्ने बताएका छन् ।
बुधवार काठमाडौं महानगर अधिवेशनलाई सम्बोधन गर्दै उनले आगामी १५ औं महाधिवेशनबाट आउने नयाँ नेतृत्वले चुनौतीपूर्ण समयमा सशक्त भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका हुन् ।
महामन्त्री पौडेलले काँग्रेस कार्यकर्ताहरूलाई सम्बोधन गर्दै पार्टीभित्रको निराशालाई चिर्नुपर्ने बताए । महामन्त्री पौडेलले पार्टी पंक्तिलाई निराश नहुन आग्रह गर्दै उत्साहित भएर आफ्नो जिम्मेवारी पूरा गर्न आह्वान गरेका छन् ।
उनले काठमाडौं महानगरलाई सन्देश दिने केन्द्रका रूपमा व्याख्या गर्दै यहाँबाट गरिने निर्णय र सक्रियताले देशभर सकारात्मक सन्देश प्रवाह गर्ने उल्लेख गरे ।

प्रतिक्रिया