काठमाडौ । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगल पुगेर नेपाल विद्यार्थी संघका पूर्व सभापति केशव सिंहकी आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ।
अस्पताल पुग्नुभएका नेता कोइरालाले बिरामीको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरूसँग जानकारी लिनुका साथै उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। त्यसक्रममा उहाँले बिरामीका परिवारजनलाई भेटेर ढाडस समेत दिनुभएको छ।

प्रतिक्रिया