काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदका लागि मनोनयन दर्ता गराएका छन्।
शर्माको तर्फबाट पुष्पराज पौड्यालले वारिसका रूपमा मनोनयन दर्ता गराएका हुन्।
कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पद नयाँ थप गरिएको हो। यो पद सभापतिपछिको वरीयतामा रहने व्यवस्था गरिएको छ।

प्रतिक्रिया