आलिसान महलमा ५४ करोडको अवैध सुन फ्याक्ट्रीः बरामद २१ किलो ८ सय ग्राम सुनको बजार मूल्य आधा अर्ब नाघ्यो

आलिसान महलमा ५४ करोडको अवैध सुन फ्याक्ट्रीः बरामद २१ किलो ८ सय ग्राम सुनको बजार मूल्य आधा अर्ब नाघ्यो

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठस्थित एक घरबाट बरामद गरिएको २१.७५ किलोग्राम (करिब २२ किलो) अवैध सुनको वर्तमान बजार मूल्य ५४ करोड रुपैयाँभन्दा बढी हुने खुलेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले छापा मारी ३ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएपछि बरामद सुनको तौल र मूल्याङ्कन गर्दा यति ठूलो रकमको कालोधन्दा पर्दाफास भएको हो।