काठमाडाै । नेपाली कांग्रेसको १५ौँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको सम्पूर्ण मतगणना आज बिहान सम्पन्न भएको छ।
मधेस र बागमती प्रदेशको नतिजा आएसँगै २२९ वटै पदको गणना सकिएको निर्वाचन समितिले जनाएको छ। यसपटक ७ हजार ३९२ मतदाताले २३ वटा मतपत्रमार्फत खसालेको १ लाख ६२ हजार मतपत्रको गणना अघिल्लो महाधिवेशनको तुलनामा तीव्र गतिमा एक साताभित्रै सम्पन्न भएको हो।
निर्वाचन समितिका अनुसार नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई प्रमाणपत्र वितरण र शपथग्रहण कार्यक्रम दसैँलगत्तै गरिनेछ। त्यसपछि बस्ने नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले आसन्न स्थानीय तह निर्वाचनको तयारी र रणनीतिबारे छलफल गर्नेछ।

प्रतिक्रिया