काठमाडाै । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले वर्तमान सरकार परिवर्तन गर्न चाहने दलहरूलाई आसन्न निर्वाचनमार्फत जनमतको आँधीबेहरी ल्याउन चुनौती दिनुभएको छ।
मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे टिप्पणी गर्दै डा. केसीले सत्ताको जोडघटाउ र गैरसंवैधानिक खेलबाट सरकार ढाल्ने प्रयास दीर्घकालीन नहुने बताउनुभयो।
सरकार ढाल्नै परे आगामी निर्वाचनमा सहभागी भई जनताको मतबाट आँधीबेहरी सिर्जना गरेर वैधानिक बाटोबाट सरकार परिवर्तन गर्न उहाँको सुझाव छ। राजनीतिक स्थिरता र जनभावनाको कदरका लागि दलहरूले सत्ताको खेल छाडेर निर्वाचनमा केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो।

प्रतिक्रिया