एनपिएलको तेस्रो संस्करण नेपाली क्रिकेटका लागि अग्रणी बन्नेछः पारस खड्का

एनपिएलको तेस्रो संस्करण नेपाली क्रिकेटका लागि अग्रणी बन्नेछः पारस खड्का


काठमाडौँ । नेपाल क्रिकेट संघका सचिव पारस खड्काले नेपाल प्रिमियर लिग ९एनपिएल० को तेस्रो संस्करण नेपाली क्रिकेटको विकासका लागि अग्रणी साबित हुने बताउनुभएको छ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वकप्तान समेत रहनुभएका सचिव खड्काले एनपिएलले नेपाली क्रिकेटलाई व्यावसायिक बनाउन र युवा प्रतिभाहरूलाई अन्तर्राष्ट्रिय स्तरको अनुभव दिलाउन महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो।

प्रतियोगितालाई थप भव्य, प्रतिस्पर्धी र व्यवस्थित बनाउन क्यानले आवश्यक तयारी तीव्रताका साथ अघि बढाएको जानकारी दिँदै उहाँले एनपिएलको तेस्रो संस्करणले नेपाली खेलकुद क्षेत्रमै नयाँ मानक स्थापित गर्ने विश्वास व्यक्त गर्नुभयो।