नागरिक उन्मुक्तिको बैठक स्थगित, कात्तिक १३ को बैठक मंसिर ५ लाई सरियो

नागरिक उन्मुक्तिको बैठक स्थगित, कात्तिक १३ को बैठक मंसिर ५ लाई सरियो


काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक १२ देखि १४ गतेसम्म भारी वर्षाको चेतावनी दिएपछि रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपालले आफ्नो केन्द्रीय समितिको बैठक स्थगित गरेको छ।
कात्तिक १३ र १४ गतेका लागि तय भएको बैठक अब आगामी मंसिर ५ र ६ गते कैलालीको टीकापुरस्थित पार्टी कार्यालयमा बस्ने अध्यक्ष कबिर सोपले जानकारी दिएका छन्।
उक्त बैठकमा पार्टी संगठन सुदृढीकरण र आगामी चुनावबारे महत्त्वपूर्ण निर्णय लिइनेछ।