काठमाडौं । दसैँ, तिहार र छठपर्व सकिएलगत्तै सरकारविरुद्ध कडा सडक आन्दोलन चर्काउने र सत्ता समीकरण बदल्ने रणनीतिमा प्रमुख विपक्षी दलहरू जुटेका छन्।
बजारको अनियन्त्रित महँगी, विपद् व्यवस्थापनमा देखिएको सुस्तता र सरकारका नीतिगत कमजोरीलाई मुख्य मुद्दा बनाएर वामपन्थी तथा विपक्षी मोर्चाले देशव्यापी प्रदर्शनको तयारी थालेका हुन्।
राष्ट्रिय अनुसन्धान विभाग तथा सुरक्षा निकायहरूले पनि छठपछि सडक आन्दोलन चर्किन सक्ने लिखित रिपोर्ट बुझाएपछि राजनीतिक माहौल ततेको छ।
तर, संसद्मा वर्तमान सरकारसँग स्पष्ट बहुमत रहेकाले केवल सडक प्रदर्शनकै भरमा सत्ता उल्टिहाल्ने सम्भावना कम रहेको र यसलाई सरकारमाथि राजनीतिक दबाब बढाउने रणनीतिका रूपमा विश्लेषण गरिएको छ।

प्रतिक्रिया