काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय समितिले बाँकी रहेका ४२ जिल्ला र प्रदेश अधिवेशनहरू आगामी मंसिर मसान्तभित्रै सम्पन्न गर्ने तयारी गरेको छ।
नवनिर्वाचित महामन्त्री उदयशमशेर राणाका अनुसार बिहीबार आयोजना हुने केन्द्रीय कार्यसमितिको शपथ ग्रहण कार्यक्रमलगत्तै बस्ने बैठकले अधिवेशनको अन्तिम मिति तय गर्नेछ।
समयको चापका कारण तल्ला तहका वडा, पालिका तथा प्रतिनिधि सभा क्षेत्रका अधिवेशन सम्पन्न गरी सिधै केन्द्रीय महाधिवेशन गरिएको थियो। १ निर्वाचन क्षेत्र भएका ३५ जिल्लामा अधिवेशन भइसकेको छ भने बाँकी ४२ जिल्ला र प्रदेश स्तरका अधिवेशनहरू छठ पर्वलगत्तै वा मंसिरको अन्तिम साताभित्र सम्पन्न गरिने निश्चित भएको छ।

प्रतिक्रिया