काठमाडौं । नेपाल प्रिमियर लिग (NPL) चलिरहेका बेला कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजक नेपाल क्रिकेट संघ (क्यान) र कीर्तिपुर नगरपालिकाबीच ठूलो राजस्व विवाद सतहमा आएको छ।
कीर्तिपुर नगरपालिकाले आफ्नो भौगोलिक क्षेत्राधिकारभित्र अनुमति नलिई र स्थानीय विज्ञापन कर नतिरी राखिएका सम्पूर्ण होर्डिङ बोर्ड तथा विज्ञापन सामग्रीहरू तत्काल हटाउन कडा चेतावनी दिएको छ।
नगरपालिकाले आफ्नो भूभाग प्रयोग गरेर गराइएका व्यावसायिक प्रचारप्रसारमा स्थानीय सरकारको कानुनबमोजिम कर चुक्ता हुनुपर्ने स्पष्ट पारेको छ।
यसका साथै, एनपीएलको टिकट बिक्रीबाट उठ्ने कुल राजस्वको ४ प्रतिशत हिस्सा कीर्तिपुर नगरपालिकाको हक हुने भन्दै आधिकारिक दाबी गरिएको छ। कर असुली र टिकट हिस्सा नदिए कडा कदम चाल्ने नगरपालिकाको अडानले एनपीएलको आर्थिक व्यवस्थापनमा ठूलो चुनौती खडा गरिदिएको छ।

प्रतिक्रिया