काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सरकार दुवैले छिमेकी मुलुकहरू भारत र चीनसँगको कूटनीतिक सम्बन्धलाई सुदृढ बनाउन दौडधुप तीव्र पारेका छन्।
परम्परागत र अपारदर्शी कूटनीतिलाई ‘रिसेट’ गर्दै आर्थिक विकास र व्यापारिक सहकार्यलाई जोड दिने रणनीतिसहित सत्ता र प्रतिपक्ष दुवैले नयाँ दिल्ली र बेइजिङसँगको संवादलाई तीव्रता दिएका हुन्।
रास्वपा र सरकारले दुवै छिमेकीसँगको सम्बन्धलाई सन्तुलित ढङ्गले अघि बढाउने र वैदेशिक सहायता तथा लगानी भित्र्याउने लक्ष्य राखेका छन्।
कूटनीतिक मामिलालाई सडक र मिडियाको बहसभन्दा माथि उठाएर संस्थागत रूपमा लैजाने दाबी गरिएपछि यस प्रयासले नेपाली राजनीति र भू-राजनीतिक वृत्तमा नयाँ तरंग सिर्जना गरेको छ।

प्रतिक्रिया