काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा लोकतन्त्र, संविधान र नागरिक अधिकारको रक्षाका लागि अब आन्दोलनमा उत्रिनुको विकल्प नरहेको घोषणा गरेका छन्। वर्तमान सरकारले राज्य संयन्त्रको दुरुपयोग गर्दै अराजकता र स्वेच्छाचारिता फैलाएको आरोप लगाउँदै उनले सडक संघर्षमार्फत नै सरकारलाई ठेगान लगाउनुपर्ने बताएका हुन्।
अध्यक्ष ओलीले लोकतान्त्रिक मूल्य-मान्यता र कानुनी राज्यको उपहास भइरहेको अवस्थामा चुप लागेर बस्न नसकिने स्पष्ट पारे। एमालेले लोकतन्त्र बचाउन र सरकारका गलत कदमविरुद्ध शीघ्र देशव्यापी कडा आन्दोलन छेड्ने संकेत गरेपछि मुलुकको राजनीतिक सरगर्मी र सत्ता-प्रतिपक्ष टकराव चरम उत्कर्षमा पुगेको छ।

प्रतिक्रिया