काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको सचिवालयबीच कडा टकराब सुरु भएको छ।
संदिग्ध गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका इनम सापकोटासँग नाम जोडिएपछि ‘टिम बालेन’ (प्रधानमन्त्रीको सचिवालय) ले आईजीपी कार्कीलाई तुरुन्त राजीनामा दिन चौतर्फी दबाब बढाएको स्रोतहरूको दाबी छ।
सचिवालयले राजीनामा नदिए मन्त्रिपरिषद्मार्फत पदमुक्त (बर्खास्त) गर्न सकिने स्पष्ट संकेत दिएपछि प्रहरी हेडक्वार्टरमा तीव्र खलबली मच्चिएको छ। यता, राजीनामा नदिने अडानमा रहेका आईजीपी कार्की भने बर्खास्ती रोक्न कानुनी परामर्शमा जुटेका छन्।
उनले सरकारको सम्भावित कदमविरुद्ध सर्वोच्च अदालतबाट अन्तरिम आदेश वा निषेधाज्ञा लिनेसम्मको कानुनी तयारी गरिरहेको बुझिएको छ, जसले शक्ति सन्तुलन र प्रहरी प्रशासनमा ठूलो तरंग पैदा गरेको छ।

प्रतिक्रिया