काठमाडौ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्दै छ। ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा आज दिउँसो २ बजे आयोजना हुने विशेष समारोहमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र वितरण, पद तथा गोपनीयताको शपथ र पदबहाली गराइने कार्यक्रम छ। सभापति गगन थापाले गत असोज ३१ गते नै शपथ ग्रहण गरिसकेकाले आजको समारोहमा बाँकी पदाधिकारी र केन्द्रीय सदस्यहरूले मात्र शपथ लिने केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
गत असोज १८ देखि २३ गतेसम्म काठमाडौँमा सम्पन्न १५औँ महाधिवेशनमा कुल २२९ पदका लागि ७७ प्रकारका पदमा निर्वाचन भएको थियो। सात हजार ३९२ मतदाताले २३ वटा मतपत्रमार्फत मतदान गरेका थिए। अघिल्लो १४औँ महाधिवेशनमा चार हजार ७०० मतदाताको मतगणना गर्न १२ दिन लागेकोमा यसपटक झन्डै एक लाख ६२ हजार मतपत्रको गणना एक साताभित्रै सम्पन्न गरी असोज ३० गते औपचारिक अन्तिम नतिजा सार्वजनिक गरिएको थियो।
महाधिवेशनबाट ९४ प्रतिशतको भारी मतसहित गगन थापा सभापतिमा निर्वाचित हुनुभएको छ। यस्तै, वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, खुला उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य, महिला उपसभापतिमा पुष्पा भुसाल तथा समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित हुनुभएको छ। महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर जबरा र डा। डिला संग्रौला ९पन्त० विजयी हुनुभएको छ। शपथ ग्रहण र पदबहाली सम्पन्न भएलगत्तै आजै सानेपामा बस्ने नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले पार्टीका बाँकी जिल्ला तथा प्रदेश अधिवेशन सम्पन्न गर्ने विषयमा ठोस निर्णय लिने नेताहरूले बताएका छन्।

प्रतिक्रिया