प्रधानमन्त्री बालेन शाहको कुर्सी खतरामा

प्रधानमन्त्री बालेन शाहको कुर्सी खतरामा

भित्र आफ्नै प्रधानमन्त्रीविरुद्ध कु


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको आन्तरिक सत्ता सङ्घर्ष चरमोत्कर्षमा पुगेको छ।

सभापति रवि लामिछाने र उपसभापति तथा सभामुख डीपी अर्याल प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई सत्ताबाट हटाउने र सरकारको नेतृत्व फेर्ने रणनीतिमा कडा छलफलमा जुटेको खबरले राजनीतिक वृत्तमा महा-भूकम्प ल्याएको छ।

पार्टीभित्र र सरकारमा बालेन शाहको बढ्दो प्रभाव र स्वेच्छाचारी निर्णयबाट असन्तुष्ट बनेका रवि-डीपी गुटले नयाँ समीकरण बनाएर बालुवाटारको सत्ता उल्ट्याउने तयारी गरिरहेको दाबी गरिएको छ। बाहिर जनतासामु एक ढिक्का भएको नाटक गरे पनि भित्रभित्रै प्रधानमन्त्रीको कुर्सी खोस्न रास्वपाका शीर्ष नेताहरू नै कडा छलफल र षड्यन्त्रमा लिप्त भएपछि सिंहदरबार र रास्वपाभित्रै भीषण सन्नाटा र खलबली मच्चिएको छ।