काठमाडौं । विवादास्पद बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीशहरूबिचको गोप्य सेटिङ काण्ड सार्वजनिक भएसँगै वरिष्ठ अधिवक्ता बाबुराम दाहालले बिचौलिया धन्दामा संलग्न कानुन व्यवसायी र न्यायमूर्तिहरूविरुद्ध कडा आक्रोश व्यक्त गरेका छन्।
अदालतका मुद्दा मिलाइदिने, न्यायाधीशसँग घुसको डिल गर्ने र न्यायको सौदाबाजी गर्ने बिचौलिया वकिलहरूका कारण सिङ्गो न्यायिक प्रणाली नै धराशायी बनेको भन्दै उनले त्यस्ता व्यक्तिहरूलाई नेपाल बार एसोसिएसन र काउन्सिलबाटै निलम्बन गरी कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरेका छन्।
बिचौलिया र भ्रष्ट न्यायाधीशहरूको भित्री कनेक्सनले जनताको न्याय पाउने हक खोसिएको र सुशासन ध्वस्त भएको भन्दै अब कानुन व्यवसायी र सर्वसाधारण मिलेर बिचौलिया संयन्त्रलाई अदालतबाट सोहोर्नुपर्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया