विराटनगरले जनकपुरलाई दियो १७५ रनको लक्ष्य

विराटनगरले जनकपुरलाई दियो १७५ रनको लक्ष्य


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई १७५ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ३ विकेट गुमाएर १७४ रन बनाएको हो ।

विराटनगरका लागि इमरान शेखले ५६ रनको अर्धशतकीय पारी खेले । उनले ४५ बलमा ५ चौका र २ छक्का प्रहार गरे ।

लोकेश बम ४० बलमा ५० रन बनाएर आउट भए । उनले ३ चौका र ३ छक्का प्रहार गरे । आन्द्रे रसेलले २९ बलमा अविजित ५२ रन जोडे । उनले २ चौका र ५ छक्का हिर्काए ।

शेहान जयसूर्या १ रनमा आउट भए । उनलाई मोइन अलीले आउट गरेका थिए । इमरानलाई अभिषेक तिवारीले पवेलियन पठाए ।

जनकपुरका राहुल यादव, मोइन अली र अभिषेक तिवारीले समान १ विकेट लिए ।

जारी लिगमा जनकपुरले तीन खेलमा दुई जित हात पारेको छ भने विराटनगरले तीन खेलमा एक जित निकालेको छ ।