पत्रकार साथीहरू, पहिले भन्नुस् – तपाईंहरू आफैँ सुरक्षित हुनुहुन्छ ? विश्वप्रकाश शर्मा

पत्रकार साथीहरू, पहिले भन्नुस् – तपाईंहरू आफैँ सुरक्षित हुनुहुन्छ ? विश्वप्रकाश शर्मा


काठमाडाै‌ । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पछिल्लो समय सञ्चार गृह र पत्रकारहरूमाथि भइरहेको दमन र असुरक्षालाई लिएर बालेन शाह नेतृत्वको सरकारमाथि गम्भीर प्रश्न उठाएका छन्।

सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शर्माले पत्रकारहरू आफैँ सुरक्षित छन् कि छैनन् भनेर सोध्दै, “प्रतिपक्षीको कार्यालयमा प्रश्न सोध्न आउँदा सञ्चारकर्मीको हातमा प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपविरुद्ध कालोपट्टी होला भन्ने ठानेको थिएँ,” भन्दै चिन्ता व्यक्त गरे।

सञ्चार गृहमा प्रहरी छिराउने, इनाम सापकोटा बिचौलिया काण्ड ढाकछोप गर्ने, आफ्ना काण्ड लुकाउन आईजीपी फेर्ने र प्रश्न सोध्ने मिडियालाई धम्क्याउने सर्वसत्तावादी रवैयाविरुद्ध पत्रकारहरूले सिंहदरबार र बालुवाटारमै पुगेर निर्भीकतापूर्वक आवाज उठाउनुपर्ने शर्माको भनाइ छ। “पपुलिज्मको आडमा प्रेस स्वतन्त्रता र संविधानको मर्ममाथि भइरहेको यो नाङ्गो प्रहारविरुद्ध सिङ्गो देश र सञ्चार जगत् एक हुनुपर्ने समय आएको छ।”