काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पुराना राजनीतिक दललाई उन्मूलन गरेर नयाँ दल मात्र चाहिन्छ भन्नु अराजकतावादी धारणा भएको बताएका छन्।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा खनालले नयाँ दलहरू डिजिटल कुरामा मात्र रमाएको तर जनताको जमीनी समस्या र सङ्गठनको जग नभएको टिप्पणी गरे। साथै, उनले राष्ट्रिय स्वतन्त्र पार्टीले वर्तमान बहुमत र लोकप्रियतामा मख्ख पर्न नहुने भन्दै आगामी चुनावले रास्वपालाई ‘राम्रोसँग तासेर खिरिलो पार्टी बनाइदिने’ दाबी गरेका हुन् ।

प्रतिक्रिया