काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वमन्त्री देव गुरुङले शनिबार काठमाडौंमा आयोजित नेपाल अन्तर्राष्ट्रिय शान्ति सम्मेलनलाई सम्बोधन गर्दै संविधान अहिले ‘कोमा’मा रहेको र मुलुक विस्तृत शान्ति सम्झौताको बाटोबाट बाहिरिएको गम्भीर टिप्पणी गर्नुभएको छ।
गत भदौ २३ र २४ गतेका घटनापछि विकसित राजनीतिक गतिविधि संविधान र शान्ति सम्झौता खारेज गर्ने दिशातर्फ उन्मुख भएको आरोप लगाउँदै उहाँले दुई तिहाइको बहुमत वा आयोग गठनले मात्र संक्रमणकालीन न्याय नटुंगिने र त्यसका लागि द्वन्द्वरत पक्षबीचको राष्ट्रिय सहमति अनिवार्य रहेको स्पष्ट पार्नुभएको छ।

प्रतिक्रिया