सन् २०३५ सम्ममा विश्वभर क्रिश्चियनभन्दा धेरै मुस्लिम हुने प्रक्षेपण

सन् २०३५ सम्ममा विश्वभर क्रिश्चियनभन्दा धेरै मुस्लिम हुने प्रक्षेपण


काठमाडौं । प्यु रिसर्च सेन्टरको प्रतिवेदनअनुसार सन् २०३५ सम्ममा विश्वभर मुस्लिम धर्मावलम्बीको सङ्ख्या क्रिश्चियनहरूको भन्दा धेरै हुने प्रक्षेपण गरिएको छ।

अध्ययनअनुसार सन् २०२० देखि २०७० सम्मको अवधिमा मुस्लिम जनसङ्ख्या ८० प्रतिशतले वृद्धि भई ३ अर्ब ६४ करोड पुग्ने अनुमान छ भने सोही अवधिमा क्रिश्चियनहरूको सङ्ख्या ३० प्रतिशतले बढेर २ अर्ब ९६ करोड पुग्नेछ।

युवा जनसङ्ख्याको बाहुल्यता र मुस्लिम महिलाहरूको औसत ३.१ सन्तानको उच्च प्रजनन दरलाई यस तीव्र वृद्धिको मुख्य कारण मानिएको छ।