काठमाडौं । नेपाली कांग्रेस इतर पक्ष अर्थात् देउवा समूहको बागलुङ जिल्ला अधिवेशन उद्घाटन समारोहमा सहभागी हुन पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा बागलुङ पुगेका छन्।
काठमाडौँबाट हवाईमार्ग हुँदै पोखरा विमानस्थल ओर्लिएका देउवा त्यहाँबाट बागलुङ प्रस्थान गरेका हुन्।
आगामी मङ्सिर २१ देखि २३ गतेसम्म काठमाडौँमा हुने भनिएको समानान्तर १५औँ महाधिवेशनको तयारीस्वरूप देउवा समूहले विभिन्न जिल्ला तथा प्रदेश अधिवेशनहरूलाई तीव्रता दिइरहेको छ।

प्रतिक्रिया