जनतालाई गाली होइन, विश्वास जित्नुहोस्: शंकर पोखरेल

जनतालाई गाली होइन, विश्वास जित्नुहोस्: शंकर पोखरेल


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय जनप्रतिनिधिहरूलाई जनताको आलोचना नभई विश्वास जित्न निर्देशन दिएका छन्।

शुक्रबार च्यासलमा आयोजित भेलामा उनले चुनाव जितेपछि पनि विनम्र व्यवहार कायम राख्न, जनतालाई गाली होइन सम्झाउन र सुशासनको नेतृत्व गर्न आग्रह गरे।

साथै, प्रदेश राजधानी रहेका पालिकाहरूलाई प्रदेश सरकारको कामको निगरानी गर्नसमेत उनले निर्देशन दिए।