उपाधि भिडन्तमा लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको चुनौतीपूर्ण लक्ष्य

उपाधि भिडन्तमा लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको चुनौतीपूर्ण लक्ष्य


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लयान्सबीच खेल भइरहेको छ ।

भर्खर पहिलो इनिङ्स सकिएको छ । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला बलिङ रोजेका थिए ।

पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनीले विकेटको ६ क्षतिमा १५५ रन बनायो । लुम्बिनीका लागि दीलिप नाथले सर्वाधिक ३९ रन बनाए । यस्तै रोहित पौडेलले ३० रन बनाए भने निरोशन डिकवालाले २८ रनको योगदान दिए । अन्तिममा अली शेखले १२ बलमा २४ रन बनाए ।

लगातार तेस्रोपटक फाइनलमा पुगेको सुदूरपश्चिम पहिलो उपाधिको खोजीमा छ । उता लुम्बिनी लगातार दोस्रो उपाधिको दाउमा छ ।

सुदूरपश्चिम पहिलो सिजनमा जनकपुर बोल्ट्स र दोस्रो सिजनमा लुम्बिनीसँग फाइनलमा पराजित भएको थियो । यो सिजन समूह चरण र क्वालिफायर १ मा लुम्बिनीले सुदूरपश्चिमलाई पराजित गरिसकेको छ ।