काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा भोटेकोसी बाढीप्रभावित क्षेत्रमा पुगेका छन् ।
सभापति थापा टोखा छहरे हुँदै वेत्रावती पुगेका हुन् । उनले त्यहाँ रसुवा र नुवाकोट दुवै तर्फका बाढी प्रभावित सँग अन्तर्क्रिया गर्ने छन् । त्यसपछि थापा रसुवाको बोगटीटार होल्डिङ सेन्टर पुगेर अन्तर्क्रियामा सहभागी हुने कांग्रेसले जनाएको छ ।
यस्तै, नुवाकोट फर्केर ढुङ्गे र त्रिशुली बजारका प्रभावितसँग छलफल र अन्तरक्रियामा पनि थापा सहभागी हुनेछन् ।
उनले विदुरमा बाढी प्रभावित सरोकार समितिसँग भेटेर छलफल गर्नेछन् ।
यस्तै, थापा विदुर–५ पिपलटारमा भएका नुवाकोट रसुवाका प्रभावितहरु राखिएको ५ वटा होल्डिङ सेन्टर अवलोकनमा पुग्ने र जनतासँग छलफल गर्नेछन् ।
सभापति थापा नुवाकोटको देवीघाट हुँदै गल्छी र गजुरीमा प्रभावित सँग छलफल र अन्तरक्रिया गरेर काठमाडौँ फर्कने तालिका छ ।

प्रतिक्रिया