दरबार हत्याकाण्डकी एक जीवित साक्षी राजकुमारी केतकीको मृत्यु

दरबार हत्याकाण्डकी एक जीवित साक्षी राजकुमारी केतकीको मृत्यु


काठमाडौं । राजदरबार हत्याकाण्डमा बाँच्न सफल राजकुमारी केतकी चेष्टरको ८० वर्षको उमेरमा शनिवार निधन भएको छ ।

राजा महेन्द्रका छोरा अधिराजकुमार बसुन्धरा वीर विक्रम शाह तथा अधिराजकुमारी हेलेन शाहकी माहिली छोरी केतकी २०५८ जेठ १९ गतेको दरबार हत्याकाण्डकी एक जीवित साक्षी थिइन् ।

उनी उक्त गोलीकाण्डमा बाँच्न सफल भएका राजपरिवारका सदस्यमध्ये एक थिइन् । राजदरबारमा चलेको गोलीबाट उनी आफैँ घाइते पनि भएकी थिइन्।

उनले युवराज दिपेन्द्रले नै हत्याकाण्ड मच्चाएको र ढलेका राजालाई लात्ताले हानेको पनि आफूले देखेको बयान दिएकी थिइन् ।

उनको जन्म विसं २००४ माघ १० मा भएको थियो । उनले शाही पदवी त्यागेको स्वघोषणा समेत गरेकी थिइन् ।