दबाब र प्रलोभनमा परेर दलहरूले हिन्दूराष्ट्र हटाएः राजेन्द्र लिङ्देन

दबाब र प्रलोभनमा परेर दलहरूले हिन्दूराष्ट्र हटाएः राजेन्द्र लिङ्देन


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रमुख राजनीतिक दलहरूमाथि गम्भीर आरोप लगाउँदै विदेशी शक्तिको चाहना, दबाब र प्रलोभनमा परेर नेपालबाट हिन्दूराष्ट्र हटाइएको ठोकुवा गरेका छन्।
आइतबार नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशनलाई सम्बोधन गर्दै उनले नेपाली जनताको भावना र देशको मौलिक पहिचानलाई कुल्चेर धर्मनिरपेक्षता लादिएको बताए।
धर्म र राजनीति एकअर्काका परिपूरक भएको उल्लेख गर्दै अध्यक्ष लिङ्देनले नेपालको सभ्यता र संस्कृति जोगाउन हिन्दूराष्ट्र पुनःस्थापनाको विकल्प नरहेको स्पष्ट पारे। सोही कार्यक्रममा राप्रपा सांसद खुश्बु ओलीले पनि मठमन्दिर आउने हरेक दलका नेताहरूलाई ूहाम्रो हिन्दू राष्ट्र खोइरुू भनेर प्रश्न गर्न धार्मिक गुरुहरूलाई आह्वान गरिन्।