हैदरावाद हाउसमा बालेन–मोदी आमनेसामने

हैदरावाद हाउसमा बालेन–मोदी आमनेसामने


काठमाडौं । नयाँदिल्लीमा प्रधानमन्त्री बालेन शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच निर्णायक द्विपक्षीय वार्ता भइरहेको छ।
हैदरावाद हाउसमा जारी भेटमा व्यापार, ऊर्जा, कनेक्टिभिटी र पूर्वाधार विकासमा ठोस सहकार्यको एजेन्डामाथि सिधा छलफल भइरहेको छ। अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसहितको ३४ सदस्यीय नेपाली टोलीले लगानी भित्र्याउन र विभिन्न समझदारीपत्रमा हस्ताक्षर गर्न कूटनीतिक दबाब बढाएको छ।
यसअघि राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ ग्रहण गर्दै प्रधानमन्त्री शाहले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो। वार्तापछि सम्पन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम छ।