प्रधानमन्त्री कार्यालय राज्य चलाउने ठाउँ हो कि यातनागृहः भीष्मराज आङ्देम्बे

प्रधानमन्त्री कार्यालय राज्य चलाउने ठाउँ हो कि यातनागृहः भीष्मराज आङ्देम्बे


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गर्ने प्रक्रियामा प्रधानमन्त्री कार्यालयको भूमिकाबारे स्वतन्त्र छानबिन गर्न माग गर्नुभएको छ।
प्राविधिक मूल्याङ्कनमा तीनवटा कम्पनी उत्तीर्ण भई आर्थिक प्रस्ताव खोल्ने तयारी भइरहेका बेला कर्मचारीलाई नियन्त्रणमा लिएर प्रधानमन्त्री कार्यालयमा मानसिक दबाब दिई ठेक्का रद्द गरिएको आङ्देम्बेको आरोप छ।
प्रधानमन्त्री कार्यालय राज्य सञ्चालन गर्ने निकाय हो कि कर्मचारीलाई थुनेर मानसिक यातना दिने यातनागृह भनी प्रश्न गर्दै उहाँले मधेसको विकासलाई राजनीतिक प्रतिशोधको बन्धक नबनाउन चेतावनी दिनुभएको छ।
यसअघि मङ्गलबार बसेको प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले समेत ठेक्का रद्द प्रकरणका सम्पूर्ण कागजात सात दिनभित्र उपलब्ध गराउन सरकारलाई निर्देशन दिइसकेको छ।