काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले जनकपुरधामको राराब क्याम्पसमा विद्यार्थीको शुल्क घोटाला गर्ने दोषीलाई कानुनअनुसार कारबाही गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
करिब २० करोड रुपैयाँभन्दा बढीको शुल्क अनियमिततासम्बन्धी छानबिन समितिको प्रतिवेदन अध्ययन भइरहेको जानकारी दिँदै उपकुलपति थापाले दोषीलाई कारबाही गरी रकम असुल गरिने बताउनुभएको हो।
राराब क्याम्पस मात्र नभई अन्य आङ्गिक क्याम्पसहरूमा समेत अनियमितताको खोजी भइरहेको उल्लेख गर्दै उहाँले विश्वविद्यालयमा सुशासन कायम गर्न बेथितिका फाइल खोल्न सुरु गरिएको स्पष्ट पार्नुभयो। गत भदौ २४ को आन्दोलनका क्रममा घोटालाको प्रमाण नष्ट गर्न लेखा शाखा र क्याम्पस प्रमुखको कार्यकक्षमा आगजनी गरिएको विवरणसमेत बाहिरिएको छ।

प्रतिक्रिया