बाङ्लादेशमा पत्रकार मामुनमाथि आक्रमण र गिरफ्तारी : SAJF द्वारा कडा निन्दा

बाङ्लादेशमा पत्रकार मामुनमाथि आक्रमण र गिरफ्तारी : SAJF द्वारा कडा निन्दा


काठमाडौं । दक्षिण एशिया पत्रकार महासंघ (SAJF) ले बाङ्लादेशको जशोर जिल्लामा पत्रकार अब्दुल्लाह अल मामुनमाथि भएको शारीरिक आक्रमण र गिरफ्तारीको कडा निन्दा गरेको छ।

मोहोना टेलिभिजनका जशोर संवाददाता मामुनलाई २२ नोभेम्बरमा केशबपुरमा आक्रमण गरी प्रहरीको जिम्मा लगाइएको र २३ नोभेम्बरमा गिरफ्तार गरी जेल पठाइएको जनाइएको छ।

घटनालाई प्रेस स्वतन्त्रतामाथिको प्रहार भन्दै SAJF का अध्यक्ष गीतार्थ पाठक र महासचिव शकील अहमदले आरोपहरूको निष्पक्ष छानबिन गर्न र आधारहीन भएमा तत्काल रिहा गर्न माग गर्नुभएको छ।

महासंघले पत्रकारको सुरक्षा, गोपनीयता र उचित कानुनी प्रक्रिया सुनिश्चित गर्न बाङ्लादेश सरकारको ध्यानाकर्षणसमेत गराएको छ।