सहमति नभए प्रतिस्पर्धामा उत्रिने निधिको तयारी

सहमति नभए प्रतिस्पर्धामा उत्रिने निधिको तयारी


काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पूर्वसभापति शेरबहादुर देउवा समूहको १५ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने तयारी गर्नुभएको छ।
मंसिर २१ देखि काठमाडौँमा हुने भनिएको महाधिवेशनमा उम्मेदवारी दिनेबारे निधिले महाधिवेशन तयारी समितिका संयोजक डा। शशांक कोइरालालाई भेटेरै जानकारी गराउनुभएको हो।
भेटमा निधिले आफूले संयोजक बन्न सघाएकाले अब सभापतिमा साथ दिन कोइरालासँग आग्रह गर्नुभएको निधिनिकट स्रोतले जनाएको छ।
गगन थापासँग आधिकारिकता विवाद चर्किरहेका बेला देउवा समूहको महाधिवेशनमा सभापतिका लागि निधि र शशांकसहित प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत र एनपी साउदको नाम चर्चामा छ।