काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य निशा डाँगी र पार्टीका संस्थापक महामन्त्री डा. मुकुल ढकाल विवाह बन्धनमा बाँधिएका छन्। उनीहरूले आज विवाह गरेका हुन्।
मुकुलको घर विराटनगर र निशाको घर झापामा रहेको छ। निशासँग विवाह गर्न मुकुल विराटनगरबाट जन्ती लिएर झापा पुगेका थिए।
मुकुल र निशा लामो समयदेखि प्रेम सम्बन्धमा थिए। उनीहरूको विवाह समारोहमा रास्वपाका नेताहरू पनि सहभागी भएका छन्।

प्रतिक्रिया