काठमाडौं । नेपालमा वर्षेनी अर्बौँ रुपैयाँ बराबरको जनावरको बोसो आयात हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो चार महिनामा मात्रै भारतबाट ९२ करोड ४४ लाख रुपैयाँभन्दा बढीको ६ हजार ४६७ मेट्रिकटन बोसो आयात भएको छ।
यस्तै, पछिल्ला पाँच आर्थिक वर्षमा विभिन्न देशबाट ११ अर्ब १५ करोड रुपैयाँभन्दा बढीको बोसो भित्रिएको देखिन्छ। व्यापार तथा निकासी प्रवर्धन केन्द्रका अनुसार आयातित जनावरको बोसो मुख्यतः साबुन, कस्मेटिक सामग्री, पशुदाना र औद्योगिक लुब्रिकेन्ट उत्पादनमा कच्चा पदार्थका रूपमा प्रयोग हुने गरेको छ।
स्वदेशमै पशुपालन तथा मासुजन्य व्यवसायबाट निस्कने बोसो प्रशोधन गर्ने सम्भावना भए पनि नेपाली उद्योगहरू आयातित बोसोमा निर्भर हुँदा अर्बौँ रुपैयाँ बाहिरिएको हो।

प्रतिक्रिया