काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टेकुमा फोहोरबाट ऊर्जा उत्पादन गर्ने परियोजनाको परीक्षण सुरु गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले बिहीबार पुनःनिर्मित टेकु बायो–मिथेनेसन प्लान्टको संयुक्त उद्घाटन गर्नुभएको हो।
करिब १० वर्षअघि बनेर केही समयमै बन्द भएको प्लान्ट वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको समन्वयमा पुनः परीक्षण सुरु गरिएको हो।
ग्यास उत्पादन सुरु भएपछि वितरण र पाइपलाइनसम्बन्धी स्पष्ट नीति तत्काल आवश्यक रहेको कार्यवाहक प्रमुख डङ्गोलले बताउनुभयो भने मन्त्री श्रेष्ठले ७५३ वटै पालिकालाई यस्ता परियोजनामा अघि बढ्न आह्वान गर्दै मन्त्रालय साझेदारी गर्न तयार रहेको उल्लेख गर्नुभयो।

प्रतिक्रिया