काठमाडौं । मलेसिया रोजगारी ठगी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेको खबर सार्वजनिक भइरहँदा नेपाल प्रहरीका प्रवक्ताले भने यसबारे अनभिज्ञता प्रकट गरेका छन् ।
गृह मन्त्रालय स्रोतले अर्याल भारतको कोलकाताबाट पक्राउ परेको दाबी गरे पनि प्रहरी प्रवक्ताले भने आफूहरूलाई समेत यसबारे जानकारी नभएको र कसले पक्राउ गरेको हो भन्ने नखुलेको प्रतिक्रिया दिइको छ ।
मलेसिया जाने नेपाली श्रमिकबाट अवैध रूपमा रकम असुली गरी विदेश पठाएको आरोपमा जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भएपछि अर्याल फरार रहेका थिए ।
गृह मन्त्रालय स्रोत र प्रहरी प्रवक्ताको फरक–फरक भनाइले पूर्वमुख्यसचिव अर्यालको पक्राउ प्रक्रिया थप रहस्यमय बनेको छ।

प्रतिक्रिया