शुरु भयो नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन

शुरु भयो नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन


काठमाडौँ । आजदेखि नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट सडक दस्तुर संकलन सुरु गरिएको छ ।
गएराति १२ बजेदेखि लागू हुने गरी सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले तोकिएको दरअनुसार दस्तुर तिरेर मात्र आवतजावत गर्नुपर्ने व्यवस्था लागू भएको हो ।
नागढुङ्गा सुरुङमार्ग आयोजना प्रमुख इन्जिनियर सौजन्य नेपालका अनुसार सुरुङमार्ग प्रयोग गरी काठमाडौँ भित्रिने तथा बाहिरिने सबै सवारीसाधनले नेपाल राजपत्रमा प्रकाशित सवारी वर्गीकरणअनुसारको दस्तुर तिर्नुपर्नेछ ।