काठमाडौं । भारतीय फिल्म उद्योग (बलिउड) का अनुभवी तथा चर्चित निर्माता-निर्देशक सञ्जय गुप्ताको ५७ वर्षको उमेरमा आफ्नै निवासमा लडेर निधन भएको छ। मुम्बईको वर्सोवास्थित घरमा सन्तुलन बिग्रिएर लड्दा टाउकोमा गम्भीर चोट लागेको र अत्यधिक रक्तस्रावका कारण उनको ज्यान गएको हो। घटनाका बेला घरमा पत्नी, दुई छोरा र सहयोगी भए पनि रातिको समय भएकाले कसैले तत्काल थाहा पाउन सकेका थिएनन्।
बिहान मात्रै परिवारले अचेत अवस्थामा देखेपछि घटना बाहिर आएको हो। फिल्म निर्माता अशोक पण्डितले सामाजिक सञ्जालमार्फत गुप्ताको निधनको पुष्टि गर्दै सिनेमा जगत्ले एक जीवन्त र dedicated फिल्ममेकर गुमाएको बताएका छन्। वर्सोवा प्रहरीले शवलाई पोस्टमार्टमका लागि पठाएर आकस्मिक मृत्युको घटनाका रूपमा थप अनुसन्धान अगाडि बढाएको छ।

प्रतिक्रिया