नेपाली क्रिकेटका ‘द टाइगर्स’ दीपेन्द्र सिंह ऐरी बहुराष्ट्रिय ब्रान्ड फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त

नेपाली क्रिकेटका ‘द टाइगर्स’ दीपेन्द्र सिंह ऐरी बहुराष्ट्रिय ब्रान्ड फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त


काठमाडौं । नेपाली क्रिकेट टिमका बहुआयामिक अलराउन्डर दीपेन्द्र सिंह ऐरी भारतीय उपमहाद्वीपमा मेजरिङ, पावर र ह्यान्ड टुल्स उत्पादन गर्ने ख्यातिप्राप्त ब्रान्ड ‘फ्रीमांस’ (Freemans) को नेपालका लागि ब्रान्ड एम्बेसडर नियुक्तिएका छन्। नेपाल बजारमा आफ्नो उपस्थिति बलियो बनाउने र अग्रणी ब्रान्डका रूपमा स्थापित हुने लक्ष्यसहित फ्रीमांसले नेपाली क्रिकेटका स्टार ऐरीलाई आफ्नो व्यावसायिक साझेदार बनाएको हो।

क्रिकेट मैदानमा दीपेन्द्रले देखाउँदै आएको सटीकता, निरन्तर उत्कृष्ट प्रदर्शन, विश्वसनीयता र जुझारू भावना फ्रीमांसको ब्रान्ड पहिचानसँग हुबहु मेल खाने भएकाले यो सहकार्य गरिएको कम्पनीले जनाएको छ। नेपाली क्रिकेटप्रेमी र आम उपभोक्तामाझ दीपेन्द्रको बलियो पकड र लोकप्रियताका कारण फ्रीमांसका मेजरिङ टेप, पावर टुल्स र ह्यान्ड टुल्सले नेपाली बजारमा नयाँ उचाइ लिने विश्वास लिइएको छ।