तृतराजको अर्धशतकमा जनकपुरले पोखरालाई दियो १४८ रनको लक्ष्य

तृतराजको अर्धशतकमा जनकपुरले पोखरालाई दियो १४८ रनको लक्ष्य


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सविरुद्ध १४८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनायो ।

जनकपुरका लागि तृतराज दासले सर्वाधिक ६१ रन बनाए । उनले ५५ बलमा सात चौका र दुई छक्का प्रहार गरे । त्यस्तै, मोइन अलीले १६ बलमा २१ रन बनाए ।

अभिषेक तिवारीले पाँच बलमा एक चौका र २ छक्कासहित अविजित २४ रन बनाए । जेम्स निसमले ११ रन बनाए ।

जनकपुरका अन्य ब्याटरले भने उल्लेख्य योगदान दिन सकेनन् । कप्तान हरमित सिंहले नौ, अनिल साहले नौ र सैफ हसनले एक रन बनाए ।

पोखराका लागि शाकिब अल हसनले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिए । उनले तीन ओभरमा चार रन मात्रै खर्चिए । मेहेदी हसनले एक तथा मोहम्मद सैफुद्दिनले एक-एक विकेट लिए ।

पोखराले अब जितका लागि १४८ रन बनाउनुपर्नेछ ।