काठमाडौं । सङ्घीय राजधानीमा सञ्चार गृहमाथि बर्दीधारी प्रहरी पठाएर पत्रकार नियन्त्रणमा लिने, बिचौलिया काण्ड ढाकछोप गर्ने र कानुनी शासनको उपहास गर्ने बालेन शाह सरकारकी मन्त्री प्रतिभा रावलले झापा पुगेर कर्मचारीहरूमाथि धम्कीपूर्ण भाषा प्रयोग गर्दै नयाँ स्टन्टबाजी देखाएकी छन्।
जिल्लाका प्रशासनिक कमजोरी र सरकारी नाकामी लुकाउन उनले देशको नेतृत्व बालेन जन्माउने झापामा यस्तो पाराले चल्दैनू भन्दै कर्मचारीहरूलाई हप्काएपछि मन्त्री रावलको पपुलिस्ट र गैर(जिम्मेवार चरित्रको चौतर्फी आलोचना भइरहेको छ।
सुशासन, कानुनी प्रक्रिया र प्रशासनिक सुधारमा पूर्ण रूपमा असफल सिद्ध भएको वर्तमान सरकारका मन्त्रीहरू काम गरेर नतिजा दिनुको सट्टा ठाउँ(ठाउँ पुगेर स्टन्टबाजी र बालेनको नाम भजाउन व्यस्त छन्।
आफ्ना बेथिति, चयनात्मक अनुसन्धान र न्युजरुममाथिको दमनबाट ध्यान मोड्न मन्त्रीहरूले कर्मचारीमाथि दोष थोपर्ने र सस्तो लोकप्रियता बटुल्ने पञ्चायती रवैया देखाएको भन्दै झापाका स्थानीय तथा राजनीतिक वृत्तमा चर्को आक्रोश पैदा भएको छ।

प्रतिक्रिया