काम zero, स्टन्टबाजी hero: देश अनिर्णयको बन्दी, सामाजिक सञ्जालमा रमाउदै बालेन

काम zero, स्टन्टबाजी hero: देश अनिर्णयको बन्दी, सामाजिक सञ्जालमा रमाउदै बालेन


काठमाडौं । काठमाडौँका सञ्चार गृहहरूमा प्रहरी छिराएर न्युजरुम घेर्ने, सञ्चार जगत्‌माथि बर्दीधारी आतङ्क मच्चाउने र बहुचर्चित ‘बिचौलिया काण्ड’ ढाकछोप गर्न व्यस्त प्रधानमन्त्री बालेन शाहले देशको शासन सत्तालाई पूर्ण रूपमा ठप्प पारेका छन्।

३ साता बित्न लाग्दा पनि मन्त्रिपरिषद्को बैठक समेत बोलाउन नसकेर सिंहदरबारलाई अनिर्णयको बन्दी बनाएका बालेन यतिबेला भने फेसबुकमा बाघको डमरु बजाउँदै सस्तो पपुलिज्म र भ्युजको खेतीमा लिप्त छन्।

देशभर बाढी, हिमपहिरो, बेरोजगारी र आर्थिक सङ्कटले जनता हाहाकार गरिरहँदा विकास निर्माणका कामहरू शून्यमा झरेका छन्। कानुनी शासन र मन्त्रिपरिषद्‌मार्फत देश चलाउनुको सट्टा फेसबुकको लाइभ, भिडतन्त्र र पञ्चायती शैलीका धम्की दिएर आफ्ना असफलता लुकाउने प्रधानमन्त्री बालेन शाहको यो ‘स्टन्ट-बेस्ड’ कार्यशैलीले नयाँपनको मुकुन्डो पूर्ण रूपमा उघारिदिएको छ।